काठमाडौं । नम्बर नखुलेको एक यात्रुबहाक बसमा सवार यात्रुको पाईन्टको गोजीबाट १ लाख चोरी भएको छ ।
बसुन्धराबाट गोंगबुतर्फ आउँदै गरेको अवस्थामा टोखा नगरपालिका धनेश्वर बस्ने गोरखा सिरानचोक गाउँपालिका–२ का ५६ वर्षीय सनबहादुर गुरुङको पाईन्टको खल्तीमा राखेको नगद १ लाख रुपैयाँ सोमबार चोरी भएको प्रहरीले जनाएको छ ।
चोरको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज