७ बैशाख २०८१, शुक्रबार
Header

गोंगबु– सिनामंगल रुटमा १७ वटा प्रदूषणमुक्त बस सेवा सुरु


प्रकाशित: सोमबार, २८ साउन २०७५, २०ः५८ बजे
- महानगरखबर

काठमाडौँ । एशियाली विकास बैंकको दिगो शहरी यातायात परियोजना अन्तर्गत गोंगबु– सिनामंगल रुटमा सोमबारबाट १७ वटा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा संचालन भएको छ ।

 
सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र काठमाडौँस्थित एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा सेवाको शुभारम्भ गरको हो । 


पच्चिस यात्रुसिटको सो बस संचालनले यात्रुहरुलाई सहज हुनेछ । सो रुटमा यस अघि संचालनमा रहेका २६ वटा माइक्रोबस र ३५ वटा तीनपाङ्ग्रे ट्याम्पो विस्थापित भएको छ ।

 
उक्त परियोजनामा नेपाल सरकारले रु ७९ करोड र बैंकले झण्डै रु एक अर्ब २३ करोड लगानी गरेको छ । 

––– 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD