काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले गोंगबुमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले आज शाखाको एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् ।
कार्यकारी अध्यक्ष चापागाईँले बीमा कम्पनीहरु संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुनका साथै तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सहयोग पुग्ने बताए ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आगामी ३ बर्षभित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन ्। कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।
यसअघि १८ शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको सो कार्यक्रममा जानकारी दिएको थियो ।
Categorized in बजार