१७ बैशाख २०८१, सोमबार
Header

गोंगबुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु 


प्रकाशित: सोमवार, २३ पुस २०८०, १२ः१५ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको गांगोबुस्थित मित्रनगरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।


गएराति गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा मोटरसाईकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
बा .प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुर्घटनामा गम्भीर घाइते भएका थिए । 


उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 


साथै घाइेते मोटरसाईकल चालकको पनि शिक्षण अस्पतालमै उपचार भईरहेकोे प्रहरीले जनाएको छ । 


टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD