काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा महिलाको भुुण्डिएको अवस्थामा भेटेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शुक्रबार होटलमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
महिलालाई त्रिवि शिक्षण अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन । नगरपालिका–२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी भएको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन ।
मृतक महिलाको परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका कार्कीसँग प्रहरीले सोधपुछ सुरु गरेसँगै थप अनुसन्धान अघि बढाएको छ ।
Categorized in समाज