काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले ठूलो मात्रामा रकम बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अवैध रुपमा लुकाइराखेको आशंकामा प्रहरीले मंगलबार अपरेशन सञ्चालन गरी करिब चार करोड रुपैयाँ बरामद गरेको हो । रकम अझै गन्ने काम जारी रहेको र ठ्याक्कै कति भएको यकिन हुन बाँकी रहेको एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन ।
सूचनाका आधारमा गरिएको छापामारीको क्रममा प्रहरीले विनोद श्रेष्ठ नाम गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बरामद गरिएको रकमसहित सुनबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज