काठमाडौं । गैरसरकारी संस्था महासङ्घको अध्यक्षमा जीताराम लामा निर्वाचित भएका छन ।
आईतवार राजधानीमा सम्पन्न महासङ्घको नवौँ केन्द्रीय अधिवेशनले वरिष्ठ उपाध्यक्षद्वयमा ध्रुवप्रसाद देव र सुमित्रा सुवेदी, महासचिवमा रामप्रसाद सुवेदी, उप महासचिवमा दिनेश चौधरी र अर्जुन भट्टराई, सचिवमा भवानी भट्ट, देवी प्रसाद तिमल्सिना, बैधनाथ चौधरी, शोभा राम डाँगी, उमेश विक, धर्म पाठक र डिल्लु घिमिरे निर्वाचित भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा विष्णु थकालीसहित ४८ सदस्यीय केन्द्रीय समिति चयन गरेको महासङ्घले जनाएको छ ।
अधिवेशनमा सातै प्रदेशका ७७ जिल्लाका करीब ९०० प्रतिनिधिले भाग लिएका थिए ।
Categorized in समाज