१६ चैत्र २०८०, शुक्रबार
Header

गैर न्यायिक सडक विस्तारको विरोधमा पक्राउ परेका सुमन सायमी सहित ४ जना रिहा


प्रकाशित: सोमबार, ६ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । गैरन्यायिक सडक विस्तारको विरोधमा पक्राउ परेका सुमन सायमी सहित ४ जना रिहा भएका छन ।


ललितपुरको गोदावरी नगरपालिका वडा ३ स्थित टौखलमा गैरन्यायिक सडक विस्तार गरेको भन्दै विरोधमा उत्रेका उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी सहित ४ जनालाई प्रहरीले सोमबार पक्राउ गरेका थिए ।


प्रहरीले बेलुका ७ बजे रिहा गरेको संयोजक सायमीले बताए । उनीसँगै भुषण बज्राचार्य, कृष्ण मानन्धर पनि रिहा भएका छन ।


सायमीले डिएसपी गौतम मिश्रले सडक विस्तारको विरोध गर्दा आफूमाथि दुव्र्यवहार गरेको बताउँदै सातदोबाटौ प्रहरी चौकीमा ८ घण्टा विना आधार नियन्त्रणमा राखेको बताए ।


सायमीले प्रहरी प्रशासनको ज्यादतीको घोर भत्र्सना गर्दै गैर न्यायिक सडक विस्तार अबिलम्ब बन्द गरिनु पर्ने बताएका छन ।


सर्वोच्चले विना मुआव्जा सडक विस्तार नगर्न आदेश दिएपनि उपत्यकाको विभिन्न स्थानमा सडक विस्तारको काम भने रोकिएको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD