८ बैशाख २०८१, शनिबार
Header

गृह मन्त्रालयले भन्यो– ‘आधिकारिक परिचयपत्र बिना घर भाडा नदिनु’


प्रकाशित: सोमवार, ८ कातिक २०७८, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । गृह मन्त्रालयले कुनै पनि व्यक्तिलाई आधिकारिक परिचयपत्र विना घर भाडामा नदिन आग्रह गरेको छ । 


सोमवार मन्त्रालयले एक विज्ञप्ती जारी गरी पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको हो । 


केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन पनि आग्रह गरेको जारी विज्ञप्तीमा उल्लेख छ । 


आज बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।


साथै पहिचान नखुलेका कोही विदेशी नागरिकहरु भेटिएमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको समेत गरेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD