१२ बैशाख २०८१, बुधबार
Header

गृह मन्त्रालयद्धारा जारी सबै सवारी पास रद्द


प्रकाशित: मंगलवार, ३० बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । गृहमन्त्रालवाट जारी भएको सबै पास रद्द गरिएको छ ।

 
मन्त्रालयले एक जिल्लाबाट अर्का जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको जनाएको छ । 


कोराना भाईरसको सक्रमण तिव्र रुपमा वढेपछि गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।


यो निर्णय विहिवारदेखि लागु हुने गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले वताएको समाचार अनलाइनखबरले प्रकाशित गरेको छ ।  समाचार अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।


यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।


सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD