२२ बैशाख २०८१, शनिबार
Header

गृहमन्त्री लामिछानेमाथि छानविन माग गर्दै संसद अवरुद्ध


प्रकाशित: बुधवार, २८ चैत्र २०८०, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । बुधवार संसद बैठक केही समय चलेपनि आकस्मिक समय सकिए लगत्तै विपक्षी दलहरुले सांसद अवरुद्ध पारेका छन ।


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन ।


प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछिसभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।


कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरिरहेका छन ।


बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद रामहरि खतिवडालाई बोल्न समय दिए ।


खतिवडाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।


उनले भने,‘ यदि गोर्खा मिडिया प्रालिले लिएको सहकारीको पैसा र रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा तिर्नु पर्दैन भन्ने फैसला र नजिर सरकारकहाँ छ भने त्यो हामीलाई देखाइयोस् होइन भने निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्,’ खतिवडाले भने, ‘६ वटा सहकारीको एक अर्बभन्दा बढी रुपैयाँ गोर्खा मिडियामा गएको छ ।’


खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै मन्त्रीले सहकारीको २३ लाख ठगी भयो भनेर भने पनि गृहमन्त्रीको ध्यान नगएको बताउँदै भने रास्वपा उपसभापति तथा श्रम मन्त्री डिपी अर्यालले गत चैत २४ गते सहकारीमा आफ्नो २३ लाख डुबेको र उठाइदिनेलाई पैसा दिने अभिव्यक्ति दिएका थिए ।


अर्यालको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै खतिवडाले भने, ‘एउटा पार्टीका एक जना मन्त्रीले मेरो त २३ लाख ठगी भयो सहकारीमा भन्नु भएछ। गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगी भयो भनेर भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन । संसदीय छानबिन समिति गठन नगरे कसले छानबिन गर्ने हो त?’


आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनले बताए ।


यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारी प्रकरणमा छानविन समिति बनाउन माग गरेको छ भने एकिकृत समाजवादीले कांग्रेसले उठाएको मागलाई सरकारले ध्यान दिन आवश्यक रहेकोे बताएका छन ।


आकस्मिक समय लिएर एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले यस्तो आग्रह गरेका हुन् ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD