७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै महिला संघले गरे काठमाडौंमा प्रदर्शन (भिडियो) 


प्रकाशित: मंगलवार, १ जेठ २०८१, १८ः५० बजे
- महानगरखबर

 काठमाडौं । नेपाली कांग्रेसका भाृत संगठन नेपाल महिला संघले सहकारी पीडितको लागि न्यागको माग गर्दै प्रदर्शन गरेका छन । 


मंगलवार दिउँसो काठमाडौंको शान्तिबाटिकास्थित उनीहरुले व्यानरसहित विरोध प्रदर्शन गरे । 


प्रदर्शनमा सहभागीहरुले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको राजीनामा माग गर्दै सहकारी ठगी गर्नेहरुलाई कारवाहीको माग गरेका छन । 

 


नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको लामिछानेलाई छानविनको दायरामा ल्याउन संसदीय समिति बनाउन माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएका छन । 


सत्तापक्षले कांग्रेसको सो मागलाई सम्बोधन नगरेपछि सडक आन्दोलनको तयारी गरेको हो । 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex