१५ बैशाख २०८१, शनिबार
Header

गृहमन्त्री थापाले गुठियारलाईनै दोषी देखाउँदै विपक्षीलाई जवाफ दिए


प्रकाशित: सोमबार, २७ जेठ २०७६, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आईतबार माइतीघर मण्डला भएको प्रहरीको दमनमा गुठीयारलाई दोष देखाएको छ । 


उनले प्रदर्शनकारीहरु सडकमै सुतेर सडक अवरोध गरेपछि पानीको फोहरा हान्दा पनि भिड नियन्त्रण नभएपछि बल प्रयोग गरेको विपक्षीहरुको प्रश्नको जवाफ दिएका छन । 


गृहमन्त्री थापाले सोमबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयमा बोल्दै सो कुरा बताएका हुन । प्रदर्शनकारीले कानून विपरीत सडक अवरोध गर्ने र प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्ने कार्य भएकोले समान्य बल प्रयोग गरेको जवाफ दिएका थिए । 


यस बिषयमा आईतबार प्रदर्शनम सहभागी भएका सम्पदा अभियन्ता गणपति लाल श्रेष्ठले गृहमन्त्रीको जवाफ गैर जिम्मेवारी भएको टिप्पणी गरेका छन । 


उनले भने,‘ हिजो प्रदर्शन शान्तिपूर्ण भईरहेको तर प्रहरी प्रशासनले प्रदर्शनकारीलाई उत्तेजित बनाउन पानीको फोहरा फालेर कुटपिट गर्न थालेपछि प्रदर्शनकारीहरु विरोधमा उत्रेका हो ।’


भूमाफियाहरुलाई पोस्न ल्याउन लागेको यस विधेयकलाई सरकारले बल प्रयोग पारित गरेर स्थानीय, गुठीयारहरुलाई विस्थापित गर्ने षडयन्त्र गरिरहेको श्रेष्ठको आरोप  छ । 


आईतवारको गुठीयारहरुमाथि भएको प्रदर्शनको यतिखेर चौतर्फी विरोध भईरहेको छ । आज प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसले गुठीयारहरु माथि भएको दमनको विरोध गर्दै बैठक अवरुद्ध समेत पारेका थिए  । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD