काठमाडौं । गृहमन्त्री रामवहादुर थापा ‘बादल’ लाई नेकपाको संगठन विभाग प्रमुखको जिम्मेवारी दिने तयारी गरिएको छ ।
पार्टीको मंगलवार बस्ने सचिवालय बैठकले संगठन विभागसँगै विभिन्न विभागहरुको टंगो लगाउने पार्टी स्रोतले जनाएको छ ।
यस अघि विभिन्न जनबर्गीय संगठनहरुको टुंगो लगाएपछि यसै साताभरीमा पार्टी एकताका कार्यहरु सबै पुरा गर्ने बताएको थियो ।
पछिल्लो समय बादल प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रुपममै साथ दिन थालेपछि ओलीले बादललाई संगठन विभागको जिम्मेवारी दिने तयारी गरेका पार्टी निकटहरुको भनाई छ ।
Categorized in राष्ट्रिय