१० भाद्र २०८३, बुधबार
Header

गृहमन्त्रीको राजीनामा माग गर्दै तरण दलको काठमाडौंमा मसाल जुुलुुस


प्रकाशित: सोमवार, २५ भाद्र २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेको विरोधमा चावहिलमा मसाल जुलुस निकालेको छ । 


सोमबार राति काठमाडौं चाबहिलको पशुपति कलेजबाट तरूणले गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मसाल जुलुस निकाले हो ।  


मसाल जुलुसमा प्रहरीले मासल खोस्ने क्रममा केही क्षण घम्साघम्सी समेत भएको थियो । सो क्रममा एक जना घाइते समेत भएको थियो । 


उनीहरले गृहमन्त्री तिम्रो पाराले दुस्ख पायो साराले, शान्ति सुरक्षा कायम गरे लगायत नाराबाजी गरेका थिए । 


गत बुधबार दिउँसो सहमहामन्त्री यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । उनीविरूद्ध प्रहरीले ज्यान मार्ने कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex