काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका साईला भाई नरेश थापा प्रहरी हिरासतमा परेका छन ।
प्रहरीको सम्पर्कमा आफै आएका थापामाथि प्रहरीले गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा मुद्दा अघि बढाइपछि सम्पर्कमा आएका हुन ।
गुन्डा नाइके बस्नेत यतिखेर निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या आरोपमा जेलमा रहेका छन ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर धम्की दिएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
थापासँग काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको प्रहरीले जनाएको छ । विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो ।
Categorized in समाज