काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन आईतबार गृहमन्त्रालयले सार्वजनिक गरेको छ ।
कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रतिवेदन सार्वजनिकको माग गर्दै दैनिक जसो नाराजुलुस निस्किरहेको छ ।
गृह मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आइतबार सार्वजनिक गरेको हो ।
सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा प्रहरीको गभ्मीर कमजोरी औल्याएको थियो ।
गत साउन १० गते साथीकोमा जाने भन्दै निस्किएकी उनी उखुबारीमा मृत अवस्थामा भेटिएपछि कञ्चनपुरमा सुरु भएको आन्दोलनले देशव्यापी लिएको छ ।
Categorized in राष्ट्रिय