काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर(प्रमुख) पदका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छिन ।
उनले सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएपछि सो कुरा बताएकी हुन ।

आफूले निर्वाचन जितेपछि गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने, काठमाडौं बाहिरका नागरिकका लागि रोजगारीको व्यवस्था गर्ने, कामकाजी महिलाका छोराछोरीका लागि डे केयर स्कुल सञ्चालन योजना रहेको सुनाईन ।

उनले आफू लामो समयदेखि प्रजातन्त्रिक आन्दोलनमा लागेका बताईन । सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी हुन ।
गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले महानगरको उपमेयरमा मनोनयन दर्ता गराएका छन ।
तस्वीर सौजन्यः युपी लामिछाने
Categorized in स्थानिय