काठमाडौं । गुर्जा हिमालको हिम पहिरोमा परि मृत्यु भएका ९ जनाको शव आज( आईतबार) भेटिएको छ ।
म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शब चार दिनपछि आईतबार भेटिएको हो ।
हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।
प्रहरीका अनुसार एक जनाको बेनी र अन्य आठ शव काठमाडाँै पठाउने तयारी गरिएको छ । हिम पहिरोमा मृत्यु हुनेहरुमा दक्षिण कोरियाका ५ र नेपाली ४ जना रहेका छन ।
मृत्यु हुनेहरुमा धवलागिरि गाउँपालिका–१ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बू घर बताउने फुर्वा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दक्षिण कोरियाका कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टे«किङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू असोज २४ गते रातिको हिमआँधीमा परेका थिए ।
आधार शिविर पुगेको टोली सम्पर्कबिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए ।
Categorized in समाज