काठमाडौं । फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका छन ।
प्रहरीले उनलाई बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेको आरोपमा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट नियन्त्रणमा लिएको हो ।
अध्यक्ष क्षेष्ठलाई दुई अर्ब बराबरको रकम हिनामनिा गरेको उजुरीमा पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Categorized in सहकारी