१३ बैशाख २०८१, बिहिबार
Header

गुठी संस्थान र त्रिपुरेश्वर आँखा अस्पतालविच जग्गा विवाद चाँडै सकिने


प्रकाशित: सोमबार, २३ पुष २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । भुमिसुधार, सहकारी तथा गरीवी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी संस्थान र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर विच रहेको जग्गा विवाद चाँडै सकिने बताएकी छिन । 


आँखा अस्पतालको स्तरोन्नति गरिएको भवनको सोमबार उद्घाटनको क्रममा मन्त्री अर्यालले सो कुरा बताएकी हुन । अस्पताल रहेको जग्गा गुठी संस्थानले आप्नो रहेको दावी गर्दै आएको छ ।  


क्यानडास्थित अपरेशन आइसाइट युनिभर्सल संस्थाको रु ७० लाखको आर्थिक सहयोगमा अस्पतालको भवन स्तरोन्नति गरिएको अस्पतालले जनाएको छ । 


अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीले नेपालको पहिलो आँखा अस्पताल रहेको जग्गा समस्या समाधान गरिदिन मन्त्री आर्याललाई आग्रह गरेका छन । 


हाल अस्पतालले थानकोट, टोखा, खोकना र साँखुबाट समेत आँखा सेवा प्रदान गरिराखेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD