३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गुठी संस्थानद्वारा रत्नपार्कको ‘दुईमाजु मन्दिर’ को जग्गा भाडामा !


प्रकाशित: बुधवार, १८ बैशाख २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । गुठी संस्थानले खुलामञ्च र रत्नपार्कबीचमा पर्ने ‘दुईमाजु मन्दिर’ को जग्गा व्यावसायिक भाडामा प्रयोजन गराईरहेको तथ्य सार्वजनिक भएको छ । 


संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार मन्दिरको रेखदेख गर्दै आएका भीमसेन गाउँपालिका–२ गोरखा घर भई हाल काठमाडनै तीनकुने बस्ने अमृता भट्टराईलाई ५ बर्षको लागि भाडामा दिएको हो । 


भट्टराईलाई विना टेण्डर २०७५ मंसिर ९ गते सो जग्गा व्यवासायिक प्रयोजनको मासिन १५ हजार बुझाउने सर्तमा दिएको हो । 


एक रोपनी भन्दा बढी क्षेत्रफलको यो जग्गामा भटट्टराईले भने मासिक ५ लाख उठाईरहेको स्थानीय व्यापारीहरको भनाई छ । 


सार्वजनिक खरिद ऐन अनुसार टेन्डर नगरी खरिदबिक्री वा जग्गा भाडामा लगाउनु आर्थिक अपराध हो तर संस्थानले भने यसको कुनै हेक्का नराखी व्यक्तिसँग भाडा सम्झौता गरेर कानुनको उल्लघंन गरेको छ ।

 
काठमाडौं महानगरपालिका–२८ मा रहेको यो जग्गाको संरक्षणको जिम्मेवारी भएपनि वडा भने यस विषयमा अनभिज्ञ देखिएको छ । 


मुलुकी देवानी (संहिता० ऐन, २०७४ अन्तर्गत सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत स्थानीय सरकारहरूको हो ।


खुलामञ्चमा ठेकेदारको गैरकानुनी सटर काण्ड नसेलाउन पाउँदै अर्को रत्नपार्क काण्ड देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex