३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गुठी संस्थानद्धारा असनको घडीघर (कोथुननी) भत्काउने तयारी


प्रकाशित: शुक्रवार, १३ बैशाख २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी संस्थानले ऐतिहासिक सम्पदाको असनको घडीघर भत्काउने तयारी गरेको छ । 


संस्थानको शाखा कार्यलय कालमोचन काठमाडौंले एक सुचना जारी गरी असन घडीघरमा भएको पसलहरु सुचना प्रकाशित भएको मितिले ३ दिनभित्र खाली गराउन भनेको छ । 


गुठी तैनाथी जग्गामा बनेको पुरानो घर २०७२ सालको भूकम्पले जीर्ण भएको भन्दै पुननिर्माण गर्नुपर्ने कारण उल्लेख गर्दै ३ दिनभित्र पसल कवल खाली गर्न सो जारी सुचनमा उल्लेख छ । 


सो समयभित्र खाली नभए कानुनी अनुसार कार्वाही गरिने व्यवहोरा भएको सुचना जारी गरेपछि असन घडी घर (कोथुननी ) बचाउ संघर्स समितिले संघर्षको घोषणा गर्ने तयारी गरेको छ । 


संघर्ष समितिका सदस्य तथा असन घडी घरका सजिब बज्राचार्यले भने, ‘गुठी संस्थानको यो काम गैरकानुनी हो । सरोकारवालाहरुसँग कुनै छलफल नगरी एकल रुपमा गरेको यस निर्णय विरुद्ध कडा सघर्ष गरिनेछ ।’


बज्रचार्यले गुठी संस्थानको यस कदमको संघर्ष समितिले घोर विरोध गर्दै चाँडै संघर्षको कार्यक्रम घोषणा गर्ने बताए । 


ऐतिहासिक महत्व बोकेको असन घडीघरको भत्काउने आए स्थानीयवासी, सरोकारवाला, सम्पदाप्रेमीहरु मिलेर प्रतिकार गर्ने उनले चेतावनी समेत दिएका छन । 


बज्राचार्यले भने, अदलातको स्टे अडर ल्याउने समय समेत नदिई छलफकट ढंगबाट सुचना जारी गर्नु षडयन्त्र हो ।’


गुठी संस्थानले यस अघि असन घडीघरका पसल÷कवलहरुसँग भएको सम्झौतालाई चुनौति दिँदै एक बहुउद्देश्य सहकारीसँग सम्झौता गरी व्यापारिक भवन बनाउने तयारी गरेपछि असन घडीघर विवादित बनेको छ । 


पछिल्लो समय गुठी संस्थानले पसलेहरुको भाँडा समेत बुझ्न अस्विकार गरिरहेको विचमा यसरी आएको सुचनाले आफुहरु अचम्मित भएको बज्राचार्यले बताए । 


असन घडीमा पसल कवल संचाल गर्दै आएका १४ परिवारका पुर्खाहरुले बेला बेलामा मर्मत सम्माहार तथा निर्माण गरी आएको र उनीहरुका सन्तातन दर सन्तानले घरको रेखदेखि तथा पुननिर्माण गर्न पाउनु पर्ने सरोकारवालाहरुको माग छ । 


यस अघि १४ परिवारले संयुक्त रुपमा जिल्ला अदालत काठमाडौंमा करारको यथावत परिपालना गरिपाउ भनी फिराद पत्र दर्ता गराएका थिए । 


फिराद पत्रमा लेखिएको कुराः
जिल्ला अदालतमा दर्ता गराएको फिराद पत्रमा ‘इन्साफ दिलाई पाउँ’ भनी जाहेर गरेको सो निवेदनमा भनिएको छ, ‘ का.जि.का.म.पा वडा २५ (साविक का.जि.का.म.पा २७ ) को किता नं. १७६७ को क्षेत्रफल ०–८–०–३ ( आठ आना तीन दाम) जग्गामा हामी निवेदकहरुको पुर्खाले घर बनाई भु–बहाल बुझाई सन्तान दरसन्तान बस्न पाउने गरी बसोबासा गरि आएका छौ । जुन कुरा फिल्डमा समेत उल्लेख भएको छ । वि.स. १८८५ मा उक्त घर भत्किदा तत्कालिन तालुकदारसमक्ष हाम्रा पुर्खाले पुननिर्माणको अनुरोध गर्दा ‘दायित्व पनि तपाईहरुकै हो निर्माण गर्नुहोस् भनेकोले’ निर्माण गरेका थिए । नापीबाट नापनक्सा हुँदा पनि उक्त जग्गा श्री ५ को वायुदेवता गुठी जनाई नाप नक्सा भएको र सोही बमोजिम हामीले भु–बाहल बुझाई सन्तन दरसन्तान बस्न पाउने गरी आएको व्यहोरा फिल्डबुकमा समेत उल्लेख भएको छ ।’

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex