५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

गुठी संस्थानको व्यवहारप्रति महानगर प्रमुख शाक्यले पोखे असुन्तुष्टी 


प्रकाशित: मंगलवार, २६ असोज २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गुठी संस्थानको व्यवहारको आलोचना गरेका छन ।

 
मंगलवार काठमाडौँको मरुस्थित पुननिर्मित शाक्यकेतु महाविहारको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमखु शाक्यले भने,‘ गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि जग्गा दिएको तर महानगरले भाडामा लिएर पार्क तथा खुल्ला स्थान बनाउन खोज्दा नदिएकोप्रति टिप्पणी गरेका छन ।’


‘जग्गाको भाडा महानगरले तिर्ने गरी खाली जमिन मागेका थियौँ । व्यक्तिले व्यापारिक प्रयोजनमा ल्याउँदा उहाँहरुलाई केही समस्या छैन तर महानगरलाई दिन चाहनुहुन्न । गुठीको स्वामित्वमा भएका धेरै सांस्कृतिक संरचनाहरु जीर्ण छन । उहाँहरु हामीलाई संरक्षण गर्न पनि दिनुहुन्न ।’ 

 


प्रमुख शाक्यले संस्थानलाई संरचनाहरु मर्मत गर्नु अलपत्र नछाड्न भन्दा पैसा पनि छैन, कार्यक्रम पनि छैन भन्ने गरेको बताए । 


गुठी संस्थानसँगै पुरातत्व विभागले पनि यस्तै गर्ने गरेको सुनाउँदै प्रमुख शाक्यले भने, ‘संरचना भत्किएर जाँदै छन । सुन्दर हुनुपर्ने संरचना कुरुप बन्दैछन । यी सबै उहाँहरुलाई मञ्जुर छ । यस्ता सांस्कृतिक संरचनाको संरक्षणमा हामी लगानी गछौँ भन्दा उहाँहरुलाई मञ्जुर हुँदैन ।’


करीब ४६ लाख ६९ हजार रुपैयाँमा महाविहारको पुननिर्माण सम्पन्न भएको महाविहारको प्रमुख शाक्यले ०७२ सालको भूकम्पले जीर्ण भएको महाविहार पुननिर्माणका लागि प्रमुख शाक्यले ०७६ माघ महिनामा शिलान्यास गरेका थिए ।  


आजै आँगन घर (आग छेँ) पुननिर्माणका लागि क्षमा पूजा गरियो ।


सोे अवसरमा प्रमुख शाक्यले स्वामित्व वा उपयोगमा विवाद नभएका सांस्कृतिक भौतिक संरचना जोगाउन महानगरले पर्याप्त लगानी गर्ने, संरक्षित संरचनाको उपभोग समुदायलाई दिने र यस्ता संरचनासँग पर्यटकीय सम्बन्ध जोड्ने नीतिअनुरुप काम बताए । 


शाक्यहरुका १६ वटा प्रमुख वहिलमध्येको यो एक हो । यस महाविहारमा गणबहिल (गणवहाल, खिचापोखरी र ओमवहालकोविच), खुशीबहिल (ताहाचाल) का शाक्य र भिक्षुहरुको चुडा कर्म गरिन्छ ।


सर्वसंघबाट हुने नियमित धार्मिक तथा सामाजिक कार्य महाविहारमा नियमित हुने गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika