१४ बैशाख २०८१, शुक्रबार
Header

गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक घुस लिएको आरोपमा पक्राउ


प्रकाशित: मंगलवार, १ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा गुठी संस्थाका दुई कर्मचारीलाई पक्राउ गरेका छन । 


सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ परेका हुन । 


मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै उनीहरलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।


उनीहरुले सेवाग्राहीबाट गुठी संस्थानमा जग्गा सम्बन्धी चलिरहेको मुद्दामा घुस लिएको अख्तियारले जनाएको छ । 


काठमाडौं महानगरपालिका– १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको अख्तियारले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD