१४ बैशाख २०८१, शुक्रबार
Header

गुठी संघर्ष समितिद्वारा खबरदारी कार्यक्रमको घोषणा, १४ गते विशाल मोटरसाईकल ¥याली


प्रकाशित: आईतवार, ८ असार २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी आन्दोलनको लागि गठित संघर्ष समितिले गुठी विधेयक खारेजीको लागि दवाव दिन विभन्न खवरदारी कार्यक्रम सार्वजनिक गरेको छ । 


समितिको आईतवार नेवाः ब्यांक्टेमा आयाजित भेलाले आसर ९ गते उपत्यकाभरी कोणसभा गर्ने, १४ गते काठमाडौंको न्यूरोडबाट विशाल खवरदारी मोटरसाईकल ¥याली निकाल्ने तथा २० गते बसन्तपुरमा बृहत केन्द्रिकृत सभा गर्ने निर्णय गरेको छ । 


यसै गरी गुठी विधेयकको विषयमा संस्कृतिविद्, कानूनविद्, गुथियार लगायत बृहत छलफल आयोजना गर्ने लगायतका कार्यक्रम गर्ने भएको छ । 


कार्यक्रममा उपस्थित सहभागीहरुले गुठी विधेयक खारेजीको लागि कडा आन्दोलनको विकल्प नभएकोले सघर्षको तयारी गर्न आवश्यक रहेको सुझाव दिएका थिए । 


यस भेलाको संयोजक डा. महेशमान श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा नेता मल्ल के सुन्दर, बरिष्ठ कानूनविद् शंकर लिम्बूले गुठी आन्दोलनको आश्यक्ता र आगामी रणनीतिबारे चर्चा गरेका थिए । 


त्यसैगरी ज्यापु महागुथि नेपाःका अध्यक्ष राजभाई जकःमि, ज्यापु समाज यलका पूर्व अध्यक्ष एवं सांसद चन्द्र महर्जनले पनि आगामी संघर्षका लागि कसरी अघि बढ्ने र सरकारको रणनीति के हुने भन्ने विषयमा बताएका थिए ।


सो कार्यक्रममा गुठी आन्दोलनलाई व्यापकता बनाउन सक्रिय उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, पत्रकार श्रीकृष्ण महर्जन, पवित्र बज्राचार्यल, गुठी विधेयक बिरुद्ध विरोध संघर्स समिति, ललितपुरका सचिव रविन्द्रराज ताम्रकार लगायतले गुठी आन्दोलनको औचित्य र आवश्यक्ताबारे चर्चा गरेका थिए । 


सरकारले गुठी आन्दोलनको दवाव सहन नसकी असार ३ गते विधेयक फिर्ता लिएपछि ४ गते सघर्ष समितिले माईतीघर मण्डलामा भव्य खवरदारी सभा गर्दै विधेयक खारेजीको माग गरेको थियो । 


सरकार यतिखेर खारेजीको मागलाई भने वेवास्ता गरी परिमार्जन गरी नयाँ विधेयक ल्याउने तयारीमा रहेको छ । 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD