१६ चैत्र २०८०, शुक्रबार
Header

गुठी विधेयक ल्याउन सरोकारवालासँग छलफल गर्न आग्रह, २३ गते छलफल


प्रकाशित: विहिवार, १९ मंसिर २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले गुठी पनि समेटेर भूमि विधेयक ल्याउने भएपछि सरोकारावालाहरुको ध्यानकार्षण भएका छन । 


विहिवार गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलनका संयोजक डा. महेशमान शाक्यले विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडि बढ्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन । 


संयोजक शाक्यसहितको टिमले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई भेटी उक्त ज्ञापन पत्र बुझाएका हुन । 


मन्त्री अर्यालले अर्यालले निजी गुठीका सन्दर्भमा गुठियारसँगै छलफल गरेर अघि बढ्ने बताएकी छिन । 


गुठी बचाउ अभियानका अभियान्ताहरुसँग भएको भेटमा मन्त्री अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा लागेको बताउँदै निजी गुठीहरु सरोकारवालाहरुसँगको सहकार्यमा अघि बढ्ने विश्वास दिलाएका थिए । 


मन्त्री अर्यालले गुठी संस्थानले हेर्दै आएको गुठी क्षतविक्षत भएको भन्दै सरकारको सम्पत्तिको रक्षा गर्न सरकार लागेको बताइन ।


ज्ञापन पत्र बुझाउने क्रममा जनकवि दुर्गालाल श्रेष्ठ, पवित्र बज्राचार्य, बौद्ध विहार संघका सुरेन्द्र शाक्य, सुजिव बज्राचार्य, गणपतिलाल श्रेष्ठ, सुमन साय्मि, उमेश स्थापित, रविन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 


मन्त्रालयले मंसिर २३ गते सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । 

 


यस अघि सरकारले ल्याएको गुठी विधेयकले चर्को आलोचना खेप्नु परेको थियो । गुठीयाहरुले उपत्यकाका गुठी सम्पदामाथि सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै उपत्यकाव्यापी आन्दोलन चर्केपछि सरकारले विधेयक फिर्ता लिएको थियो । 


सरकारले विधेयक फिर्ता लिएपछि गुठीयाहरुसँग पनि छलफल गरी विधेयक ल्याउने बताएका थिए । 

 

ज्ञापन पत्र

 

 


 

तस्वीरः पत्रकार श्रीकृष्ण महर्जनको फेसबुकपेजबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD