काठमाडौं । गुठी बिधेयकको विरोध गर्ने स्थानीय तथा गुठीयारहरुमाथि सरकारी दमन सुरु भएको भन्दै सोमबार इन्द्रचोकमा भएको विरोधसभामा वक्तारुले कडा आक्रोश पोखेका छन ।
आईतवार माईतीघर मण्डलमा भएको प्रहरी दमनको यतिखेर सडकदेखि संसदसम्म चर्को विरोध हुन थालेपछि सरकारले ल्याएको गुठी विधेयकको विरोधमा स्वर चर्को बन्दै गएको छ ।
हिजो नेपाली कांग्रेसले गुठी विधेयकको विरोधमा उत्रेका प्रदर्शनकारीहरुमाथि भएको दमनको भत्र्सना गर्दै संसद अवरुद्ध समेत पारेका थिए ।
सरकारी दमनको विरोधमा नेपाली कांग्रेसका नेताहरुले कडा रुपमा विरोध गरेका छन । उनीहरुले सरकारले अविलम्ब सो विधेयक फिर्ता लिन माग समेत गरेका छन ।
नेपाली कांग्रेसले औपचारिक रुपमै विज्ञप्ती जारी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन ।
कांग्रेसका काठमाडौं क्षेत्र नं. ६ संसद भिमसेनदास प्रधानले गुठी विधेयकका विरुद्ध उत्रेकाहरुमथि सरकारले नांगो नाच देखाएको भनेर टिप्पण्ी गरेका छन भने कांग्रेस उपसभापति प्रकाशमान सिंहले पनि सरकारले विधेयक फिर्ता लिनु पर्ने, नेवार समुदायको गुठीमाथिको आक्रमण बन्द गर्न माग गरेका छन ।
मण्डला भएको सरकारी दमनको विरोधमा विभिन्न प्रतिपक्षी दलहरुले पनि आवज उठाउन थालेका छन ।
उपत्यकाका गुठीमाथि भएको सरकारी हस्तक्षेपको विरोधमा गुठी सरकोकारका संघ, संस्था, जात्रा, संस्कृति पुचःहरु, इन्द्रजात्रा व्यवस्थापन समिति लगायत थुप्रै आन्दोलनको लागि एकत्रित हुन थालेका छन ।
हिजो इन्द्रचोकमा भएको भेलामा उपत्यकाभरीका गुठीयार, सम्पदा अभियानन्ता, स्थानीयहरुको उल्लेखिय उपस्थितका विचमा सभा सम्पन्न भएको थियो ।
आन्दोलनको नेतृत्व गरिरहेका सम्पदा अभियान्ता अनिष बैद्यले सभालाई सम्बोधन गर्दै उपत्यकामा भएका गुठीहरुमाथिको आक्रमणले यहाँका नेवार समुदायको आत्मसम्मानमा ठुलो चोट पुगाएको भन्दै विधेयक फिर्ता नलिए सडक आन्दोलनबाट दुई तिहाई सरकारलाई ढाल्ने चेतावनी दिएका थिए ।
त्यसैरी अर्का अभियन्ता गणपतिलाल श्रेष्ठले पनि सरकारले भूमाफियाहरुको पक्षपोषण गर्न सरकारले सो विधेयक वलपूर्वक पारित गर्न खोजेकोले सबैले खवरदारीसँगै आन्दोलन चर्काउनु पर्नेमा जोड दिएका थिए ।
सो सभामा उपत्यका सडक पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, विवेकशिलका राजभक्त विराजभक्त श्रेष्ठ, यादवलाल कायस्थ, गुठीका मचाराज डंगोललगायतले सरकारी दमनको विरोध गर्दै सरकारलाई सच्चिन चेतावनी दिएका थिए ।
आज (मगंलवार ) गुठी विधेयकको विरोध र प्रहरी दमनको विरुद्ध असनमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौ जिल्लाको आयोजनामा बृहत विरोध सभा हुँदैछ ।
Categorized in राष्ट्रिय