२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गुठी विधेयकका लागि डा. महेशमान श्रेष्ठको अध्यक्षमा एक समिति गठन


प्रकाशित: सोमबार, २० साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बहुचर्चित गुठी विधेयकको विषयमा गुठियारबीच वार्ता तथा छलफल लगायत कार्यक्रमहरु आयोजना गर्न एक समिति गठन गरिएको छ । 


नेवाः राजनीतिक अभियानका संरक्षक डा महेशमान श्रेष्ठको अध्यक्षता समिति निर्माण गरिएको हो । 


काठमाडौँको ओलम्पस क्लबमा नेवार समुदायका विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा पवित्र बज्राचार्य, सचिवालय हेर्ने जिम्मेवारी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई चयन गरिएको छ ।


सदस्यहरुमा क्रमशः ललितपुरबाट नानीकाजी शाक्य, रवीन्द्र ताम्राकार, सबिना महर्जन, ऋषिप्रसाद श्रेष्ठ, भक्तपुरबाट श्याम शिल्पकार, शान्तप्रकाश श्रेष्ठ, टोखाबाट श्रीकृष्ण मानन्धर, फम्पी सङ्घर्ष समितिबाट रोशन श्रेष्ठ र सक्व सङ्घर्ष समितिबाट राजा श्रेष्ठलाई चयन गरिएको छ । 


यस्तै खोना सङ्घर्ष समितिबाट नेपाल डङ्गोल तथा अशोक महर्जन, कीर्तिपुरबाट श्रीकृष्ण महर्जन, काठमाडौँबाट राजभाइ जकःमि, नानीहेरा महर्जन, सुमन सायमी, रवीन्द्र श्रेष्ठ, गणपतिलाल श्रेष्ठ, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान शाक्य, रमेशमान पिया र सुरेश किरण मानन्धरलाई चयन गरिएको छ । 


समितिको  सल्लाहकारमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ, हितकरवीरसिंह कंसाकार, मल्ल के सुन्दर, डा पुष्पराज राजकर्णिकार र चन्द्र महर्जन रहनुभएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex