१६ चैत्र २०८०, शुक्रबार
Header

गुठि विधेयक सुझाव समिति फिर्ता लिन नेवाः देय् दबुको माग


प्रकाशित: बुधवार, १२ चैत्र २०७६, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । नेवाः देय् दबूले सरकारले गुठि विधेयकको लागि गठन गरेको सुझाव समिति फिर्ता लिन माग गरेको छ । 


दबूको अध्यक्ष नरेश ताम्रकारले मंगलवार एक विज्ञप्ती जारी गरी यस्तो त्रासदी अवस्थामा सम्बन्धीत पक्षहरुको प्रतिनिधित्व नगर्ने एकपक्षीय सो समितिको कुनै औचित्य छैन र यस्तो विषम परिस्थितीमा सरोकारवालाहरुले सो समितिलाई गुठी सम्बन्धी आवश्यक सुझाव समेत नदिने अवस्था रहेकोले अविलम्ब निर्णय फिर्ता लिन माग गरेको हो । 


जारी विज्ञप्तीमा भनिएको छ,‘ कोरोना भाईरसको महामारीले सिंगो मुलुकनै लकडाउन रहेको अवस्थामा गुठि विधेयक सम्बन्धी सल्लाह लिन समिति बनाएको प्रति नेवाः देय दबूको गहिरो आपति रहेको छ ।’


सरकारले सांसद जीवनराम श्रेष्ठको संयोजक्त्वमा गुठी सम्बन्धी राय सुझावका लागि समिति गठन गरेको छ । 


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समितिले पहिलो बैठक बसेको एक महिनाभित्र मन्त्रालयमा सुझाव पेश गर्नुपर्नेछ ।


काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान, मोहीको विषयमा सुझाव लिन सरोकारवालासँग आवश्यक परामर्श गरेर प्रस्तावित गुठी विधेयकमा राय सुझाव पेश गर्न समिति गठन गरेको मन्त्रालयले जनाएको छ । 


चैत ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार गठित समितिलाई गुठियार, जनप्रतिनिधि, नागरिक समाज, संघर्ष समिति लगायतको सलंग्नतामा छलफल, अन्तरक्रिया गर्न भनिएको छ ।


सरकारले यसअघि ल्याएको गुठी विधेयकले उपत्यकाको गुठी संस्कृती माथि हस्तक्षेप गरेपछि सुरु भएको आन्दोलन पश्चात विधयेक फिर्ता लिएको थियो । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD