काठमाडौं । गुगलले आफ्नो नयाँ पुस्ताको अत्याधुनिक एआई मोडेल जेमिनाई ३.० औपचारिक रूपमा लन्च गरेको छ ।
कम्पनीका अनुसार यो मोडेल अहिलेसम्मकै सबैभन्दा एडभान्स्ड र शक्तिशाली एआई सिस्टम हो, जसले एआई विकासलाई नयाँ चरणमा पुर्याउने दाबी गरिएको छ ।
गुगलले जेमिनाई ३.० लाई एआई प्रविधिको महत्वपूर्ण ‘कोशेढुंगा’ को रूपमा वर्णन गरेको छ । केही समयअघि मात्रै प्रतिस्पर्धी कम्पनी ओपनएआईले च्याटजिपिटी–५ सार्वजनिक गरेपछि गुगलले आफ्नो नयाँ पुस्ताको मोडेल बजारमा ल्याएको हो ।
गुगलका सिइओ सुन्दर पिचाईका अनुसार जेमिनाई ३.० विश्वकै उत्कृष्ट मल्टीमोडल अन्डरस्ट्यान्डिङ मोडेल हो, जसले अद्वितीय रिजनिङ क्षमता र डेप्थ (गहिरो समझ) प्रदर्शन गर्छ ।
उनीका अनुसार, “यसका सुपेरियर कोडिङ र एजेन्टिङ क्षमता मार्फत एआईले मानवका सोच र कल्पनालाई प्रत्यक्ष कार्यमा रूपान्तरण गर्न सक्ने बनाइएको छ ।”
जेमिनाई ३.० का प्रमुख फिचरहरू
– हस्तलिखित सामग्रीलाई विभिन्न भाषामा अनुवाद गर्न सक्ने
– शैक्षिक सामग्रीबाट अन्तक्रियात्मक पठन सामग्री (interactive learning content) तयार गर्न सक्ने
– खेलकुदका भिडियोहरूको प्रदर्शन विश्लेषण गर्न सक्ने
– जटिल प्रम्प्ट्सबाट सहज वेब इन्टरफेस निर्माण गर्न सक्ने
मल्टीमोडल इनपुट (टेक्स्ट, आवाज, छवि, भिडियो) एकैपटक प्रोसेस गर्न सक्ने क्षमता
गुगलले निकट भविष्यमा जेमिनाई ३.० का थप भर्सन तथा एआई आधारित उपकरणहरू विभिन्न सेवामा समाहित गर्दै लैजाने जनाएको छ ।
Categorized in प्रबिधि