२१ बैशाख २०८१, शुक्रबार
Header

गालिएको सुन २४ क्यारेटको, राष्ट्र बैंकले खरिद गर्ने


प्रकाशित: आइतवार, ३ भाद्र २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । अबैध बरामद सुन राष्ट्र बैंकको टक्सार विभागले गालेर परीक्षण गर्दा सुनको गुणस्तर २४ क्यारेटको पुष्टि भएको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद गरिएको सुन गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।


उक्त सुन २९ साउनमा टक्सार विभागले गालेको थियो । १५५ किलो कुल तौलको ‘ब्रेक सु’सहितको सुन छुट्याएर गाल्दा ६० किलो ७६१ ग्राम निस्किएको थियो । 


सुनलाई अब राष्ट्र बैंकले सरकारसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मूल्यमा ५ प्रतिशत रकम थप गरेर खरिद गर्ने विभागले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD