१३ भाद्र २०८३, शनिबार
Header

गायिका तथा पूर्व समाचार वाचिका अन्जान इजरायली राजदूतका लागि सिफारिस


प्रकाशित: विहिवार, २९ कात्तिक २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिभिजनको पूर्व समाचार वाचिका तथा गायिका अन्जान शाक्य इजरायली राजदूतका लागि सिफारिस भएका छन । 


सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन । 


मन्त्रीपरिषद्को बैठकले इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गरेको हो । 


‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा’


बोलको चर्चित गीतकी गायिका हुन शाक्य । शाक्य प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन । 


शाक्य राजदूतको लागि सिफारिस हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबल रहेका नेकपाका नेताहरुको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex