१४ बैशाख २०८१, शुक्रबार
Header

गायिका आस्था राउतविरूद्ध पक्राउ पुर्जी जारी


प्रकाशित: आईतबार, ५ माघ २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीमाथि अभद्र व्यवहारका गरेको आरोपमा गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 


आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि गायिका राउतको खोजी भईरहेको प्रहरीले जनाएको छ । 


राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी प्रहरी जवान रमिसा श्रेष्ठले  महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गराईकी थिईन । 


राउतलाई अभद्र व्यवहार कसुरको जाहेरी दर्तामा पक्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो । 


प्रहरीको अनुसार राउत अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेको बुझिएको छ । अभद्र व्यवहार कसुरको मुद्दामा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ । 


बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि दुव्र्यवहार भएको भिडिो सार्वजनिक भएपछि गायिका राउतले प्रहरी प्रशासनसँग माफी समेत मागेकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD