१२ भाद्र २०८३, शुक्रबार
Header

गायब ३३ केजी सुनका लगानीकर्ता एम.के.मामा 


प्रकाशित: सोमबार, ३१ बैशाख २०७५, १८ः४० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणका अनेकन पाटाहरु छानविन समितिले खोतल्ने क्रममा गायब ३३ केजी सुनका मुख्य लगानीकर्ताको पहिचान भएको छ । 


अनुसन्धान समिति समक्ष बयान दिने क्रममा अभियुक्त भुजुङ गुरुङले हराएको भनिएको ३३ किलो सुनमा काठमाडौंको अनामनगर बस्दै आएका एम.के. मामा भनिने मोहनकुमार अग्रवालको लगानी भएको बताएको छ । 


सनम शाक्यको हत्या भएदेखी अग्रवाल फरार रहेको र उनी बस्ने घर पनि बन्द रहेको एक स्रोतले बताएको छ ।


गयब ३३ केजी सुनको अत्तोपत्तो नभएपनि अनुसन्धानले सुन लुटपाटमा अभियुक्त भुजुङ गुरुङकै संलग्नता देखिएको छ । गत बुधबार भुजुङका ड्राईभर फुल्दुङ भनिने लक्षुबहादुर गुरुङ पक्राउ परेपछि सो कुराको पुष्टि हुन पुगेको छ ।


ड्राईभर फुल्दुङ बयान अनुसार भुजुङका साला नाता पर्ने डेविटर डा. भन्ने छिरिङ वाङ्गेल घलेसँग मिलेर अनामनगरबाट सुन लुटेको अनुसन्धान समितिले बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex