८ भाद्र २०८३, सोमबार
Header

गायन प्रतिस्पर्धाका नाममा स्रजल महर्जन यसरी ठगिए !


प्रकाशित: बुधवार, ११ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । विभिन्न टयालेन्ट शोको नाममा चलिरहेको प्रतिस्पर्धामा ठगिनेहरुको संख्या दिनानुदिन बढिरेको बेला फेरि एक गायन प्रतिभा बोकेका युवा स्रजल महर्जन ठगिएको छ । 


बुधवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमा नेपाल गोल्डेन आईडल सिजनले कसरी प्रतिस्पर्धाको नाममा ठगी गरिरहेको छ भन्ने बारे वेलिविस्तार लगाएको थियो । 


नेपाल गोल्डेन आइडल सिजन ६ को फाइनलसम्म पनि प्रतिस्पर्धा पुगेर पनि छाडनुका कारण यसरी सुनाउछन,  ‘एनटिभी२ बाट प्रत्येक विहिबार राति ९ः३० बजे तथा गोल्डेन स्टार टिभी अनलाइन च्यानलबाट प्रशारण भइरहेको यस प्रतिस्पर्धामा सयौंको संख्याबाट छानिएर गायक प्रतिस्पर्धामा टप ६ मा पुग्न सफल भएका स्रजल लगायत अन्य प्रतिस्पर्धीप्रति आयोजकले दिएको ५०० भन्दा माथिको रकममा विक्री गर्नुपर्ने मूल्यविहिन टिकट विक्रीबाट रकम संकलनको दवाव, नियमानुसार प्रतिभा प्रस्तुतिका मौकाबाट बञ्चित गरिनु, प्रतिस्पर्धीप्रति गालीगलौच जस्ता दुब्र्यवहार मात्र नभइ नेपालका काठमाडौं, चितवन, इटहरी लगायत विभिन्न ८ स्थानमा भएको सांगीतिक यात्रामा खाना समेत पनि नदिएको, सुत्न समेत नपाएको अवस्थाले निकै दुःखी भएर प्रतिस्पर्धामा निरन्तरता नदिने निष्कर्षमा हामी पुग्यौं । सांगीतिक यात्राको दौरान जुन स्थानका प्रतिस्पर्धी हुन् उक्त स्थानमा हुने कार्यक्रमको ब्यवस्थापन र आवश्यकता पूर्ति प्रतिस्पर्धीले नै गर्नुपर्ने शर्त राखेपछि सबै प्रतिस्पर्धी तथा अभिभावकमा चिन्ता अझ बढेको थियो । ’


सुरशाला आइडलबाट चम्किएका स्रजलको प्रतिभा अझ विकास हुने आशामा स्रजल अध्ययनरत विद्यालय ज्ञान निकेतन स्कुलबाट भएको प्रस्ताव स्वीकारेर प्रतिस्पर्धाको २–३ महिना अवधिमा बारम्बार विभिन्न चरणको प्रतिस्पर्धाका लागि आफ्नै खर्चमा प्रतिस्पर्धा भइरहेको स्थान पोखरा पोखरा पुगेका बताए । तर यस विचमा यो अवधिमा प्रतिभा विकासको नाममा धेरै नै प्रतारित भएको र पछिल्लो समय सहनशक्ति भन्दा बढी नै अन्याय भएपछि हामीले यो प्रतिस्पर्धा त्याग्ने निर्णय स्रजलले सो पत्रकार सम्मेलनमा बताए । 


आयोजकले रियालिटी शोका नाममा केवल पैसा उठाउने मनसायले शारिरीक तथा मानसिक तनाव दिने प्रवत्तिको अन्त्य होस् भन्दै उनले सबै प्रतिस्पर्धी तथा अभिभावकहरुले आवाज उठाउनु पर्ने भनाई राखे । 


टिकट विक्रीको आधारबाट नै जित हारको चयन हुने कुरा आयोजकले लगातार दवाव दिन थाल्दा आफुहरु तनावमा परेको र असहय भएपछि    आयोजकको यस किसिमको ठगीलाई सबै मिलर नङग्याने पर्ने परिस्तिथी बनेको उनले बताए । 


उनले भने, ‘आयोजकको उद्देश्य गायन क्षेत्रका युवाहरुलाई अवसर प्रदान गर्ने नभई टिकट बेचर पैसा कुम्याउने हो । काठमाडौ, दाङ, पोखरा, इटहरीबाट ६००० हजार टिकट बेच्ने मात्र ध्यान देखिएको थियो । त्यसैले यो सरासर ठगी हो ।’


यही १२ गते फाइनल आयोजना हुन लागेको यो प्रतिस्पर्धा आयोजनाले यस्तै अनेक प्रश्न उब्जाएको उनले बताए । 


सो पत्रकार सम्मेलनमा पीडित स्रजलका पिता सुरोज महर्जन पनि रहेका थिए । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex