७ भाद्र २०८३, आइतबार
Header

गायक ध्रुव ताम्राकार ‘धेवा’ लिएर कमब्याक


प्रकाशित: आईतबार, २१ असोज २०७५, २०ः०५ बजे
- रवि महर्जन

काठमाडौं । चर्चित गायक ध्रवलाल ताम्राकार धेरै समयपछि नेपाल भाषाको गीती एल्बम ‘धेवा’ लिएर कमव्याक भएका छन् । 


चालिस बर्षको लामो अन्तरालछि गायक ताम्राकार सांगित क्षेत्रमा फेरि फर्किएका हुन । 


एक कार्यक्रम विच ‘धेवा’ एल्मबको वरिष्ठ गायक प्रेमध्वज प्रधानले विमोचन गरे । 


ताम्राकार कूलदेवता उग्रचण्डी माई संरक्षण समिति ताम्राकार सामाजले अयोजना गरेको सो कार्यक्रममा प्रमुख अथिति रहेका बरिष्ठ गायक प्रधानले गायक ताम्राकारले ‘धेवा’ एल्बममा भएका गीतहरु आधुनिक शैलीमा भएकोले यसले बजार लिने विश्वास व्यक्त गरेका छन् । 


उनले भने ‘ गैर नेवाहरुले पनि सुन्न सक्ने गरी बजारमा ल्याउनुपर्दछ ।’


एल्बमा विषमया स्वयं गायक ताम्राकारले भने,‘ कुनै पनि क्षेत्र व्यवसायिक नभईकन निरन्तर दिन सकिन्दैन, त्यसैले पारिश्रमिक र उत्पादानलाई किनेर सहयोग गर्न आग्रह गरे ।’


ताम्राकार समाजका अध्यक्ष रविन्द्रराज ताम्राकारको सभापतित्वमा भएको सो कार्यक्रममा लोक गायक रत्न बेहोसी, संगीतकार संगीत संयोजक जुगल डंगोलले आ–अफ्नो मन्तव्य दिएका थिए । 


कार्यक्रममा निर्वतमान अध्यक्ष अच्यूतकृष्ण ताम्राकार, पूर्व अध्यक्षहरु पिंधर्मकृष्ण ताम्राकार, श्यामगोबिन्द ताम्राकारले अतिथीको आसन ग्रहण गरेका थिए । 


उग्रचण्डी ए जेड स्टोर हैगःयलको सहयोगमा आयोजित यस कार्यक्रमलाई समाजका उपाध्यक्ष बिनोद ताम्राकारले स्वागत मन्तव्य दिएका थिए भने पत्रकार सुरजवीर बज्राचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex