३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु, दुई गम्भिर घाईते


प्रकाशित: शनिवार, ११ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । रसुवाको गोसाईकुण्ड तातोपानी डाडाँमा काठमाडौंतर्फ आउँदै गरेको सुमो गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार पहिरोमा परि ८ जना घाईते भएका छन जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । पहिरोमा परि ना १ ज ७८२४ नम्बरको सुमो क्षतिग्रस्त भएको छ । 


प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको जनाएको छ । 


मृतकहरुको सनाखत हुन नसक्दा परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex