काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोस्थित गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बागमती प्रदेश ३–०१–०२–०२४ च ९१५५ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मकवानपुर घर भई चापागाउँ दोबाटोबस्ने १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा मृत्यु भएको प्रहरीले बताएको छ ।
9 Ferbury 2025, Sunday
Categorized in समाज