काठमाडौं । मकवानपुरमा अबैध गाँजा बोकेको ट्रकले प्रहरी जवानलाई नै लिएर भागेपछि प्रहरीले गोली प्रहार गरी चालकलाई नियन्त्रणमा लिएको छ ।
मंगलवार प्रहरीको चेकजाँच टोलीले ना ६ ख १३१ नम्बरको ट्रकलाई चेक गर्न छिरेका प्रहरी जवान सञ्जयकुमार दास सहित ट्रक चालक अफ्रिका चौधरी फरार भएका थिए ।
तर प्रहरीको टोलीले उक्त ट्रकको पिछा गर्दै जाँदा हेटौंडाबाट पथलैया हुइँकिएको ट्रकलाई प्रहरीले तीन किलोमिटर पर पुगेपछि प्रहरीले रोकी घेरा हालि नियन्त्रणमा लिने क्रममा चालक चौधरी भागेपछि प्रहरीले २ राउण्ड गोली प्रहार गरेका थिए ।
प्रहरीको गोली प्रहारबाट वीरगन्ज महानगरपालिका–२९ का ३४ ट्रक वर्षीय चौधरी चालकको बायाँ खुट्टमा गोली लागेको छ । हाल उनको उपचार जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–१५ स्थित खण्डमा उक्त ट्रकलाई चेकजाँचको क्रममा रोकेका थिए ।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उनीसँगै रहेका अर्का सहयोगी भने फरार रहेका छन ।
प्रहरीले ट्रकबाट १४ वटा बोरामा राखिएको ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ । गाँजा तस्करी गरेर ल्याउँदै गरेकाले ट्रक चालक भाग्न खोजेको एसपी सिंहले बताए ।
Categorized in समाज