८ बैशाख २०८१, शनिबार
Header

गरिमा विकास बैंकको भाद्र १५ गते विशेष साधारणसभा


प्रकाशित: सोमवार, ३२ साउन २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । गरिमा विकास बैंकले भाद्र १५ गते विशेष साधारणसभा आह्वान गरेको छ  ।


विशेष साधारणसभामा गरिमाले सहारा विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पेश गर्ने बैंकले जनाएको छ । 


सभामा बैंकको संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए प्रतिवेदन पारित गर्ने, स्वाप रेसियो पारित गर्ने, प्राप्तिका सम्बन्धमा संचालक समितिले गरेका सबै निर्णयहरु अनुमोदन गर्ने जनाएको छ ।


सहारा विकास प्राप्तीपछि चुक्ता पुंजी बढ्ने भएकोले सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन  ।


सहारा विकास बैंक १ः१ को स्वाप अनुपातमा गरिमा विकास बैंकमा गाभिने लागेको हो । अर्थात हाल सहारा विकास बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले एकिकृत कारोबारपछि गरिमाको पनि १०० कित्ता शेयर नै पाउने छन ।


सभामा सामुहिक लगानी कोष संचालन गरि कोष प्रबर्दकको रुपमा कार्य गर्ने, संचालकहरुको दैनिक भत्ता, भ्रमण खर्च, इन्टरनेट खर्च लगायतक खर्च तथा सेवा सुविधा वृद्धि गर्ने प्रस्ताव पनि पेश हुने छ  । 


बैंकले साधारणसभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने भदौ ८ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउने छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD