४ भाद्र २०८३, बिहिबार
Header

गरिब घरपरिवार पहिचानको लागि तथ्यांक संकलन गर्दै महानगर, माग्यो २३० कर्मचारी


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका गरिब घरपरिवार पहिचानको लागि तथ्यांक संकलन गर्ने भएको छ । 


शनिवार एक सुचना जारी गरी महानगरले सो तथ्यांक संकलनको लागि २१ सुपरीवेक्षक र २०९ गणक गरी २३० जना करारमा कमचारी पनि माग गरेको छ । 


करारमा नियुक्त हुने कर्मचारीको हकमा महानगरपालिकाका बासिन्दालाई पहिलो प्राथमिकता दिने भएको छ । 


त्यसैगरी यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ । 


जारी सुचना अुनसार २०८० पुस ६ गतेसम्म दरखास्त दिइसक्नु पर्ने र  महानगरको वेभ साइटबाट दिन सकिने र निः शुल्क हुने महानगरले जनाएको छ ।


सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ । गणकलाई मासिक  ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च तोकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex