काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गम्भीर प्रकृतिका ६ रोगको निःशुल्क उपचार सरु भएको बताएको छ ।
गम्भीर प्रकृतिका विभिन्न ६ रोगहरुमा १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको विषय छ ।
रगत नजम्ने दुर्लभ किसिमको बंशाणुगत रोग हिमोफिलियाको महंगो औषधि निःशुल्क भनिएको छ ।
पक्षघातको उपचारको लागि दुर्लभ र महँगो औषधि निस्शुल्क गरिएको छ ।
जलनका बिरामीका निःशुल्क उपचार, जलनका आकस्मिक उपचार निःशुल्क गर्ने नीति कार्यान्वयनमा छ ।
त्यसैगरी, कमजोर आर्थिक स्थिति रहेका नागरिकका लागि सातवटै प्रदेशमा जलनको विशिष्टिकृत उपचार निःशुल्क गर्ने नीति लागू भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अघि मन्त्री पौडेललेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले संसदमा प्रश्न दर्ता गर्दै निःशुल्क उपचार नीति कार्यान्वयनबारे प्रश्न गरेका थिए ।
Categorized in स्वास्थ्य