काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मंगलबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता गरको हो।
यसको पेसी बुधबारका लागि तोकिएको छ ।
पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो । यस्तै उनले नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गरिएको छ ।
Categorized in राष्ट्रिय