५ जेठ २०८१, शनिबार
Header

गण्डकी विकास बैंकको भरतपुरमा नयाँ शाखा 


प्रकाशित: सोमबार, ६ फागनु २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ स्थित भोजाङ विशालचोकमा गण्डकी विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 


बैंकका सञ्चालक बासुदेव त्रिपाठीको अध्यक्षतामा संचालित शाखा उद्घाटन कार्यक्रममा चितवन निर्वाचन क्षेत्र न.२ (ख) का प्रदेश सभा सदस्य बिजय सुवेदीले शाखाको उद्घाटन गरेका थिए ।


कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बैंकका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । 


बैंकका ग्राहकले नयाँ शाखाबाट सम्पूणै बैंकिक सुविधा सहजै प्रदान गर्न सकिने अधिकृत शर्माले बताए । 


यो सँगै अब बैंकको शाखा संख्या ७७ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD