काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल एकलाख घुससहित आईतवार बेलुका पक्राउ परेका छन ।
लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट नियन्त्रणमा लिइएको आयोगको पोखरा कार्यालयले जनाएको छ ।
Categorized in समाज