काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शक्यले काठमाडौँमा जन्मिएर समग्र देशबासीको हितमा जीवन विताउनुहुने गणेशमान सिंहको स्मृतिमा काम गर्न पाएकोमा आफूलाई खुशी लागेका बताएका छन ।
विहिवार गणेशमान स्मृति पार्क निर्माणको लागि काठमाडौं महानगरले नागार्जुन नगरपालिकालाई थप एक करोड सहयोग सम्झैतामा हस्ताक्षर गर्ने क्रममा सो बताएका हुन ।
छिमेकी नगर समृद्ध नभइ महानगर एक्लै समृद्ध हुन सक्दैन । त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेको प्रमुख शाक्यको भनाई छ ।

यस अघि पार्क निर्माणको लागि गरिएको सम्झौता अनुसार विहिवार थप रकम उपलव्ध गराउन काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र नागार्जुन नगरका प्रमुख मोहनबहादुर बस्नेतविच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
नगर नगर साझेदारी कार्यक्रमअन्तर्गत नागार्जुन नगरको वडा नं. ६ डाँडा पौवामा गणेशमान स्मृति पार्क बनाउन यस अघि नै १ करोड रुपैयाँ प्रदान गरिसकेको छ ।
एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई सिङ्गो समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ महानगरले काठमाडौँका सबै नगरलाई पार्क निर्माण तथा हरियाली प्रबर्धन कार्यक्रममा सहयोग गर्दै आएको छ ।
नागार्जुन नगरका प्रमुख बस्नेतले आन्तरिक पर्यटन प्रवर्धनका लागि पार्क महत्वपूर्ण गन्तव्य हुने बताए । उनले गणेशमान सिंहका अहिलेसम्म भएका प्रतिमाहरुमध्ये यहाँ सबैभन्दा ठूलो नाईने जानकारी दिए ।
स्थानीय सरकार गठन भएपछि काठमाडौँ महानगरले गरेका महत्वपूर्ण काममध्ये नगर नगर साझेदारी कार्यक्रम एउटा हो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यो कार्यक्रमले सीधा जनतासँग सम्बन्ध राख्ने बताईन ।
महानगरको सहयोगमा काठमाडौँका १० वटा नगरमध्ये ८ वटाले पार्क तथा हरियाली प्रवर्धनका लागि र २ वटाले धाम निर्माणका लागि काम गरिरहेका छन ।
Categorized in समाज