काठमाडौं । हिजो (विहिवार) भक्तपुरको गठ्ठाघरमा भएको स्कुटर दुर्घट्नामा मारिएका व्यक्तिको पहिचान खुलेको छ ।
विहवार दिउँसो करिब १ बजेर ४० मिनेटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा मृत्यु भएका व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरेका स्थायी बासिन्दा भई हाल काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको प्रहरीले जनाएको छ ।
भक्तपुर जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घट्ना भएको थियो ।
स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो भने फरार ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ पनि पक्राउ परेका छन ।
दुर्घटनापछि बिहीबार दिनभर स्थानीय प्रदर्शनकारीहरुले दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्र्शन गरेपछि गठ्ठाघर तनावग्रस्त बनेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय जनाएको छ ।
Categorized in समाज