१६ चैत्र २०८०, शुक्रबार
Header

गठबन्धन सरकारले गरयो मन्त्रालय बाँडाफाँड


प्रकाशित: मंगलवार, १९ असोज २०७८, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री सेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रालय बाँडफाड गरेका छन । 


मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने भएको छ भने माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाएको छ । 


त्यसैगरी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान चाररचार मन्त्रालय पाउने भएका छन । 


अहिले कांग्रेसको भागमा गृह, परराष्ट्र र कानून लिइसकेको छ । माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिईसकेको छ । 


जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाएको छ ।


कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने सहमति भएको छ । 


त्यसैगरी सत्तारुढ दलका नेताहरुका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले खोजेको मन्त्रालय कांग्रेसले नै मिलाउने छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD