काठमाडौं । सत्तारूढ गठबन्धनले आज महानगरको भागबन्डाको टुंगो लगाउने भएको छ ।
स्थानिय निर्वाचनबारे आफ्नो पार्टी र गठबन्धनको स्थिती बारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन ।
अध्यक्ष दाहालका अनुसार अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ । उनले बेलुकासम्म सहमित हुने समेत बताए ।
६ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एकेक महानगर दिने तयारी छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ ।
माओवादीको भरतपुर महानगर दाबी भने एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताउँदै आएो छ । जसपाले वीरगञ्ज महानगर मागेको छ ।
११ उपमहानगरमा पनि दलहरूले भागबन्डा गर्ने तयारी गरेका छन ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ ।
Categorized in स्थानिय